२०८१ श्रावण ६, आईतवार

रेडक्रसले गर्यो शोभालाई सम्मान

२०७९ माघ २४, मंगलवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २४ माघ/नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीले मंगलबार प्रदेश सांसद शोभा चेम्जोङ पालुङवालाई सम्मान गरेको छ ।
रेडक्रसले उर्लाबारी-४ आइतबारेस्थित रेडक्रस हलमा नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गराउंदै सांसद शोभालाई सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै सांसद शोभाले हामी सबैको जिम्मेवारी भनेकै समाजसेवा, सामाजिक न्याय, समुदायबीचको सदभाव र सहकार्य भएको धारणा राखिन् ।

समाजको विकास र समृद्धिका लागि हामी सबैमा सहकार्य र एकता हुनुपर्ने उनको भनाई छ ।

सांसद शोभाले नवनिर्वाचित रेडक्रस पदाधिकारीहरुलाई सामाजिक तथा मानवीय सेवामा दत्तचित्त भएर लाग्न सुझाव दिइन ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भानुभक्त शर्मा पराजुली, उपाध्यक्ष भागिरथा अधिकारी, सचिव गोपाल रिमाल, कोषाध्यक्ष ऋषिकेश खनाल, उपसचिव पुर्णबहादुर सुनुवार र उपकोषाध्यक्ष यमलाल रसाईली तथा सदस्यहरु चन्द्रा खड्का, राजेन्द्र कार्की , घनश्याम भण्डारी, कमलराज गौतम र खडगबहादुर थापालाई पदास्थापन गरिएको छ ।

निवर्तमान अध्यक्ष मदनवावु प्रसाई र नवनिर्वाचित अध्यक्ष पराजुलिले पालैपालो कार्यक्रमको अध्यक्षता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार