लेटाङ(मोरङ), ७ चैत/मोरङरो लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुंदा एक महिला प्रहरीको मृत्यु भएको छ ।झडपमा महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।श्रेष्ठको विराटनगर स्थित कोशी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी नविनराज राईका अनुसार श्रेष्ठको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो ।लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेका थिए । पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण भएको हो । स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको हो । मोरङका एसपी जर्नादन जिसिसहितको टोली घटनास्थलमा पुगेको छ ।गत शुक्रवार एक १४ वर्षीय बालिकालाई घरमै पुगेर एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै आइतबार शिक्षा विकास मावि लेटाङ ५ खेरुवामा विद्यार्थी र पीडितका आफन्तले शिक्षा विकास विद्यालयमा ढुंगामुढा गरेका थिए । प्रदर्शनकारीले दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाउनुको साथै एउटा एम्बुलेन्स पनि तोडफोड गरेका छन् । घटनालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ । विहान १० बजे देखि तनावग्रस्त विद्यालय परिसर राति पौने ९ बजे नियन्त्रणमा आएको थियो । प्रहरी सुरक्षा बढाएर अस्रुग्यास प्रहार गरी भीड नियन्त्रण गर्दै प्रहरीले बलात्कारको आरोप लागेका शिक्षक पौडेललाई विद्यालयबाट प्रहरी कार्यालय लगेको छ । पौडेललाई घटनास्थलबाट लेटाङ ल्याउँदा समेत स्थानीयले लखेटी लखेटी प्रहरी माथि ढुंगामुढा गरेका थिए । सो क्रममा एसपी जर्नादन जिसीसहित १८ जना प्रहरी घाईते भएका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ क्षेत्रमा कर्फ्यु जारी गरेको छ । लेटाङ-५ खेरूवा क्षेत्रमा सोमबार विहानलेटाङ ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म कर्फ्यू जारी गरिएको हो ।