२०८१ भाद्र २४, सोमबार

स्वर्णलक्ष्मीको कारोबार एक अर्ब १९ करोड

२०८० भाद्र २४, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २४ भदौ/झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब १९ करोड भन्दा बढी कारोबार गरेको छ ।
गत आर्थिक वर्षमा संस्था तीन प्रतिशतले ऋणात्मक रहेको आइतबार मोरङको उर्लाबारीमा आयोजित साधारणसभा अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिए ।

सो आवमा संस्थाले ६३ करोड बढी निक्षेप तथा ११ करोड ८२ लाख ८४ हजार रुपैयाँ शेयर संकलन गरेको छ । संस्थाले १३ करोड ६३ लाख ९८ हजार सात सय रुपैयाँ बढी कोष निर्माण गरी ९८ करोड भन्दा बढी ऋण लगानी गरेको पनि बरालले जानकारी दिए ।

चौध वर्षअघि स्थापित सो संस्थाले झापाको झिलझिले, गौरादह, सुरुगा र मोरङको उर्लाबारीमा सेवा केन्द्र सञ्चालन गरी बचत तथा ऋणको कारोबार गर्दै आएको साधारणसभामा बितरित प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष बरालको अध्यक्षता र उर्लाबारी–५ का वडाध्यक्ष रविन तामाङको प्रमुख आतिथ्यतामा भएको सो साधारणसभामा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीका अध्यक्ष भानुभक्त शर्मा पराजुली, ग्रामीण बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष विष्णु गरागाईलगायतले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार