
उर्लाबारी, २ जेठ/मोरङको उर्लाबारी नगरपालिका वडा नं.२ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुमार कंडेल पुन : विजयी भएका छन् । निकटम प्रतिद्वन्दी एमालेका इन्द्रबहादुर दहाललाई एक सय ४८ मतअन्तरले हराउँदै कंडेल दोस्रो कार्यकालका लागि पुन : वडाध्यक्ष पदमा विजयी भएका हुन् ।
विजयी कंडेलले एक हजार दुई सय २८ मत ल्याएका छन् भने दहालले एक हजार ८० मत ल्याए ।
त्यसैगरी उर्लाबारी–२ को वडा सदस्यमा कांग्रेसका नरबहादुर धिमाल र एमालेका रुद्र धिमाल निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकी सीता बुढाथोकी र दलित महिला सदस्यमा पनि एमालेकै हेमकुमारी नेपाली निर्वाचित भएकी छन् ।
यसअघि उर्लाबारी–१ का वडाध्यक्षमा तिलक पाण्डे र उर्लाबारी–३ का वडाध्यक्षमा भिष्म बुढाथोकी निर्वाचित भएका थिए । उर्लाबारी–१ र उर्लाबारी–३ मा एमालेको प्यानल नै विजयी भएका छन् ।