२०८१ श्रावण ६, आईतवार

वृहत सांस्कृतिक कार्यक्रमसहित जात्री आयोजना गरिने

२०८१ जेष्ठ २, बुधबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २ जेठ/धिमाल समुदायको महान चाड सिर्जात जात्रीको अवसरमा आगामी शनिबार मोरङको उर्लाबारी–१ लक्ष्मीझार चिसापानीमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।

वर्षेनी जात्री सञ्चालन गरिँदै आएको त्यस स्थानमा यसपटक भने एकदशक यताकै उत्कृष्ठ र भव्य कार्यक्रम सञ्चालन हुने अड्कल गरिएको छ । खासगरी युवा युवतीको उल्लेख्य सहभागिता रहने यसपटकको जात्री वृहत र विशेष हुने भएकाले स्थानीय वासिन्दा हर्षित् मात्र भएका छैनन्, उत्साहित समेत भएका छन् ।

सुरेश धिमाल र नन्दु गुरुङले गीत गाउने यस जात्रीमा अलराउण्ड डान्स सेन्टरले नृत्य प्रस्तुत गर्ने कार्यक्रम तय भएको स्थानीय सञ्चारकर्मी सम्झना राईले जानकारी दिइन् ।
धिमाल जाती विकास केन्द्र चिसापानी लक्ष्मीझार गाउँ टोल समितिका अध्यक्ष कालुराम धिमालका अनुसार विगत १० वर्षदेखि यस स्थानमा जात्री सञ्चालन गरिँदै आएपनि यसपटक भने विशेष तयारीका साथ भव्य साँगीतिक कार्यक्रम प्रस्तुत गरिने छ । जात्री पर्वमा प्रमुख अतिथिका रुपमा प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री शुशिल उप्रेतिलाई निमन्त्रणा गरिएको उनले जानकारी दिए ।

पूर्वी नेपालको झापा र मोरङ जिल्लामा वसोवास गर्दै आएका धिमाल समुदायको उदगम स्थल लेटाङको राजारानीमा प्रत्येक वैशाख २ गते विशेष पुजाआजा गरी सिर्जात जात्री प्रारम्भ गर्ने प्रचलन छ । प्रकृति पुजक धिमाल समुदायले आफ्नो वाहुलियता रहेको वस्तीहरुमा सामुहिकरुपमा जात्री सञ्चालन गर्दै आएका छन् ।

अन्त्यमा उर्लाबारी–३ दशविघेमा भव्य मेला आयोजना गरिने जात्री समापन गरिन्छ । धिमाल जाती विकास केन्द्रको अगुवाई र सक्रियतामा जात्री सञ्चालन हुँदैआएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार