२०८२ फाल्गुन १८, सोमबार

खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ ३, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

चितवन,  २ जेठ/चितवनको भरतपुर महानगरफालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यत्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् ।

४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा शुक्रबार बिहान मृत्यु भएको हो ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ । घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार