विराटनगर, २३ माघ/प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली मस्यौदा समितिको सदस्यमा प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङवासहित ११ जनालाई नियुक्ती गरिएको छ ।
विराटनगरस्थित १ नम्बर प्रदेशको सभाहलमा सोमबार आयोजित प्रदेश सभाको पहिलो अधिवेशनको छैठौ बैठकमा सभामुख बामुराम गौतमले प्रदेश सभा सदस्य शोभासहित कमल कमलप्रसाद जवेगु, केदार कार्की, गीता तिम्सिना, गोम्बु शेर्पा, तिलचन पाठक, निमसरी राजवंशी, मोहन महर्जन, यशोदा कायस्थ, रामदेव यादव र लिलाबल्लभ अधिकारीलाई नियुक्त गरेका हुन् ।
सभामुख गौतमले कार्य व्यवस्था परामर्श समितिमा प्रदेश सभा सदस्य अमरबहादुर विष्ट, नारायणबहादुर मगर, विद्या चाम्लिङ राई, भीम पराजुली, भुपेन्द्र राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदीलाई नियुक्त गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2025: Mawa Times मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd