२०८३ आश्विन २५, आईतवार

उच्च अंक ल्याउने तीन विद्यार्थीलाई सम्मान

२०८३ आश्विन २५, आईतवार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २५ असोज/कक्षा १२ मा उच्च अंक ल्याउने तीनजना विद्यार्थीलाई आइतबार मोरङको उर्लाबारीमा सम्मान गरिएको छ ।

स्थानीय हाम्रो बचत तथा ऋण सहकारी संस्थाको ३० औं साधारण सभाका अवसरमा उनीहरुलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको हो ।

सम्मानित हुनेहरुमा उर्लाबारी-५ की १८ वर्षिया स्मिति मिश्र, उर्लाबारी-५ की १८ वर्षिया गरिमा बस्नेत र उर्लाबारी-८ का १८ वर्षिय प्रतिक राई छन् ।

सम्मानित विद्यार्थीमध्ये स्मिति काठमाण्डु मोडल कलेजाट जीव विज्ञानमा जीपीए तीन दशमलव ८८ अंक ल्याई कक्षा १२ उत्तीर्ण गरी हाल एमविविएस अध्ययनका लागि प्रवेश परीक्षाको तयारीमा छिन् ।

त्यस्तै अर्की सम्मानित विद्यार्थी गरिमाले ग्लोवल कलेज काठमाण्डौबाट कम्प्युटर विज्ञानमा जीपीए तीन दशमलव ६० अंक ल्याई कक्षा १२ उत्तीर्ण गरेर नेशनल कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रोनिक र सञ्चार विषयमा स्नातक तहको पढाई सुरु गरेकी छिन् ।

त्यस्तै अर्का सम्मानित विद्यार्थी प्रतिकले उर्लाबारी-६ को राधिका माध्यमिक विद्यालयबाट वनस्पति विज्ञानमा जीपीए तीन दशमलव ७५ अंक ल्याएर कक्षा १२ उत्तीर्ण गरेका छन् । हाल उनी स्नातक तह अध्ययनका लागि दक्षीण कोरिया जाने तयारीमा छन् ।

त्यस अवसरमा पत्रकार घनश्याम भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष मनोरथ भण्डारीको अध्यक्षतामा सो सभा सम्पन्न भएको थियो ।

+ posts