२०८३ आश्विन २६, सोमबार

जीवन वचाउको २१ औं साधारणसभा

२०८३ आश्विन २४, शनिबार
पढ्ने समय : < 1 मिनेट

उर्लाबारी, २४ असोज/मोरङको उर्लाबारी-७ स्थित जीवन वचाउ उपचार सेवा गृहले लागू औषधको कुलतमा फसेका सयौ युवाहरुलाई  नयां जीवन दिएको छ ।

गृहले शनिबार आफ्नै सभाहलमा आयोजित २१ औ साधारण सभामा यस्तो जानकारी दिएको हो ।

जांड, रक्सी, गांजा र लागू औषध सेवन गर्ने युवाहरुलाई गृहले सुधार गर्दै आएको इन्चार्ज रविन्द्र दहालले जानकारी दिए ।

गृहका अध्यक्ष पवन थापाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

+ posts