उर्लाबारी, २ साउन/कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशले २८ औं स्थापना दिवसको अवसरमा शुक्रबार मोरङको उर्लाबारीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघ कोशी प्रदेश अध्यक्ष भेदप्रसाद फागो (भेषराज) को सभापतित्व र लोकतन्त्रवादी राजवंशी संघकी केन्द्रीय अध्यक्ष नौतली राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरुले आदिवासी जनजातिको उत्थानमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
सो कार्यक्रममा वक्ताहरुले लोपोन्मुख र पिछडिएका जनजातिको हितमा कार्य गर्न सरकार उदासिन रहेको गुनासो व्यक्त गरेका छन् ।
जनसंख्याको ठूलो हिस्सा ओगटेको आदिवासी जनजातिको उत्थानका लागि सरकारले घ्यान नदिए देश अझै पछाडि पर्ने वक्ताहरुको भनाई छ ।
कुलमान घिसिङ र महाविर पुन जस्ता प्रखर व्यक्तिहरुलाई राज्यले चिन्न नसकेको उल्लेख गर्दै वक्ताहरुले सरकारको नेतृत्व जनजातिले गर्न पाए देशले कोल्टे फेर्ने दाबी गरेका छन् ।
उनीहरुले आदिवासी जनजातिलाई राज्यको मूल प्रवाहमा ल्याएर मात्र देशले विकास र समृद्धि हांसिल गर्ने राय व्क्त गरेका छन् ।
कार्यक्रममा लोकतन्त्रवादी धिमाल संघका केन्द्रीय अध्यक्ष कृष्णबहादुर धिमाल, लोकतान्त्रिक तामाङ संघका प्रदेश अध्यक्ष पदम तामाङ, जनजाति महासंघको झापा क्षेत्र नं.५ का अध्यक्ष जितु धिमाल, लोकतन्त्रवादी राजवंशी संघ विर्तामोडकी उपाध्यक्ष जमुना रादवंशीलगायतले मन्तव्य राखेका थिए ।
यसैबीच नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको त्रैमासिक नियमित वैठक आगामी साउन ६ गते तेहथुममा हुने भएको छ ।
महासंघ कोशी प्रदेश अध्यक्ष बेसराज फागोले त्रैमासिक नियमित वैठक तेहथुमको वसन्तपुरमा आयोजना गरिने जानकारी दिए ।






