२०८२ फाल्गुन १८, सोमबार

माछा मार्दा गोहीको आक्रमणबाट मृत्यु

२०८२ असार २०, शुक्रबार
पढ्ने समय : < 1 मिनेट

भरतपुर, २० असार/रातको समयमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ।

विहीबार राति ९ बजेतिर चितवनको रत्ननगर-८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालका अनुसार चित्रसारी बस्ने अन्दाजी ४०/४५ वर्षका राजकुमार माझी र अभिषेकले माछा मारिरहेको समयमा अभिषेकलाई गोहीले तानेको थियो। सँगै गएका साथी खोलामा बेपत्ता भएपछि राजकुमारले प्रहरीलाई खबर गरेका थिए।

खोजी गर्नेक्रममा राति सवा १ बजेतिर माछा मारेको स्थानभन्दा करिब २०० मिटर तल अभिषेकको शव फेला परेको डिएसपी खनालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार