२०८२ फाल्गुन २६, मंगलवार

श्रीलङ्काका पूर्वमन्त्रीलाई भ्रष्टाचारको आरोपमा २५ वर्ष जेल सजाय

२०८२ जेष्ठ १६, बिहीबार
पढ्ने समय : < 1 मिनेट

कोलोम्बो, १५ जेठ/श्रीलङ्काको एक अदालतले बिहीबार अपदस्थ राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकारका दुई पूर्वमन्त्रीलाई ऐतिहासिक भ्रष्टाचारको मुद्दामा दशकौँको जेल सजाय सुनाएको छ ।

पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामगे र पूर्व व्यापारमन्त्री अनिल फर्नान्डोलाई कोलम्बो उच्च अदालतले राज्यको कोषको पाँच करोड ३० लाख रुपैयाँ (एक लाख ७७ हजार डलर) दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरेको छ ।

गोटाबायाका जेठा दाइ महिन्दा राजपाक्षेको सन् २०१५ को पुनःनिर्वाचनको असफल प्रयासलाई बढावा दिने प्रयासमा १४ हजार क्यारम बोर्ड र ११ हजार ड्राफ्ट सेटसहित बोर्ड गेम दान गर्न सरकारी पैसा प्रयोग गरेकामा ती जोडीलाई दुई हजार डलर जरिवाना पनि गरिएको छ ।

अलुथगामागेलाई २० वर्षको जेल सजाय सुनाइएको छ । फर्नान्डोलाई २५ वर्षको सजाय सुनाइएको छ । अलुथगामागे अहिले भ्रष्टाचारको आरोपमा सफलतापूर्वक मुद्दा चलाइएको राजपाक्षे नेतृत्वको मन्त्रिमण्डलका सबैभन्दा वरिष्ठ सदस्य छन् ।

राजपाक्षे दाजुभाइहरू सत्ताबाट बाहिरिएपछि छ वर्षअघि दुवै जना विरुद्धको मुद्दा सुरु भएको थियो, तर गत वर्ष नयाँ सरकार गठन नभएसम्म यो मुद्दा सुस्त गतिमा अघि बढिरहेको थियो ।

अलुथगामागेले सन् २०२२ मा एक चिनियाँ आपूर्तिकर्तालाई ६० लाख नौ हजार डलरको भुक्तानी गर्न अनुमति दिएको आरोपको छुट्टै अनुसन्धानको पनि सामना गर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार