रूपेन्द्र शेर्मा
२०४६ सालमा नेपालमा राजनीतिक परिवर्तन भएपछि ३२ वर्षसम्म नेपाली कांग्रेस र एमालेले सत्ताको नेतृत्व गर्यो । तर विकास कछुवाको गतिमा मात्र सिमित रह्यो । विकासको आँधीवेहरी ल्याइदिने जस्तै गरेर ती दलका नेताले भाषण गरेपछि जनताले मत दिए । सत्तामा कब्जा जमाए । तर दलगत स्वार्थ र भ्रष्टचारबाट देशले उन्मुक्ति पाउन सकेन । नेपाली जनता हरेक किसिमका समस्या र पिर व्यथाको भुमरीमा डुविरहेका छन् । यद्यपि सत्ताको बागडोर सम्हाल्ने राजनीतिक दल, त्यसको नेतृत्व र सरकारलाई कुनै मतलव छैन । यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका शक्तिशाली नेता कमल थापालाई पराजित गरी राजेन्द्र लिङदेन केन्द्रीय अध्यक्ष बनेका छन् । ‘भ्रष्टचार गर्नु आमाको रगत पिउनु सरह हो’ भन्ने लिङदेनको पछिल्लो अभिव्यक्तिले वहुचर्चा पाएको छ । अन्य दलका कार्यकर्ताहरुले पनि लिङदेनको यस भनाईलाई समर्थन जनाएका छन् । लिङदेन केन्द्रीय अध्यक्ष भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकप्रियता बढ्दो छ । अन्य दलका कार्यकता राप्रपामा जानेक्रम बढ्दो छ । अध्यक्ष लिङदेनले जनहितमा आधारित राप्रपाको घोषणापत्र हालै मात्र सार्वजनिक गरेका छन् । त्यो घोषणापत्र लागू भएमा देशमा ऐतिहासिक परिवर्तन हुने कुरामा कुनै शंका छैन् । जनताको पिर व्यथा सम्वोधन हुने कुरामा दुईमत छैन । तीनै घोषणपत्र लिएर राप्रपाको उम्मेदवार आसन्न स्थानीय तहको निर्वाचनका लागि मैदानमा उत्रिएका छन् । राप्रपाले उर्लाबारी नगरपालिकामा विनोदप्रसाद पोखरेललाई मेयर र निरुपा खड्का निरौलालाई उपमेयरको उम्मेदवार वनाएको छ ।
राप्रपाले नौवटै वडामा वडाध्यक्षसहित जम्मा ४७ जना उम्मेदवार खडा गरेको छ । तीमध्ये आवश्यक कागजात अभावमा दुईजनाको उम्मेदवारी रद्द भएको छ । राप्रपाले वडा नं.१ मा सिता कुरुङवाङ, वडा नं.२ मा खेम गौतम, वडा नं.३ मा पिपलराज गिरी, वडा नं.४ मा गजेन्द्र भण्डारी, वडा नं.५ मा रामबहादुर खडुका, वडा नं.६ मा जंगबहादुर कार्की, वडा नं.७ मा ज्ञानेन्द्र ओली, वडा नं.८ मा मिलन डाँगी र वडा नं.९ मा टंकबहादुर बस्नेतलाई वडाध्यक्षको उम्मेदवार वनाएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन उर्लाबारीका नगर अध्यक्ष इन्द्र लामासँग गरिएको कुराकानीमा आधारित ।
ताजा समाचार
लोकप्रिय
© 2025: Mawa Times मा सर्बाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd