२०८३ कार्तिक २६, बुधबार

उर्लाबारीमा दुई ज्येष्ठ पत्रकारलाई सम्मान

२०८० आश्विन ६, शनिबार
पढ्ने समय : 2 मिनेट

उर्लाबारी, ६ असोज/मोरङको उर्लाबारीमा शनिबार दुई ज्येष्ठ पत्रकारलाई सम्मान गरिएको छ । छुट्टाछुट्टै कार्यक्रममा पत्रकार डिपि खतिवडा र दुर्गाप्रसाद भट्टराईलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

सम्मानित पत्रकार खतिवडा र भट्टराई दुवै २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनस्थार्पना हुनुअगावै उर्लाबारीमा पत्रकारिता गर्थे । खतिवडा अलकापुरी साप्ताहिक र भट्टराई पाथिभरा साप्ताहिकका सम्पादक/प्रकाशक हुन् ।

उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २१ औं साधारणसभामा पत्रकार खतिवडा र उर्लाबारी उद्योग वाणिज्य संघको ३५ औं साधारणसभामा पत्रकार भट्टराईलाई सम्मान गरिएको हो । श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्थामा सञ्चालित खानेपानीको २१ औं साधारणसभामा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख गंगा खरेलले पत्रकार खतिवडालाई सम्मान गरेका थिए भने उर्लाबारी उवासंघको आफ्नै सभाहलमा सञ्चालित ३५ औं साधारणसभामा प्रमुख अतिथि नपाकी उपप्रमुख मिना खतिवडा पौडेलले पत्रकार भट्टराईलाई सम्मान गरिन् ।

खानेपानीले पत्रकार खतिवडालाई नगद १० हजार तथा उवासंघले भट्टराईलाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरेको हो ।

खानेपानीका अध्यक्ष चिन्तामणी र्पाैड्यालको सभापतिवमा भएको सो साधारणसभामा कार्यालय प्रमुख राजु बुढाथोकी र पम्प अपरेटर दिलबहादुर मगरलाई पनि सम्मान गरिएको थियो ।

उता, उर्लाबारी उवासंघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा प्रादेशिक महोत्सवलाई सफल बनाउन उल्लेखनीय योगदान पुर्याए वापत संयोजक भरत भट्टराई, सहसंयोजक प्रितम खड्गी, यमलाल रसाइली, हेमराज गुरुङ, जंगबहादुर कार्की, निर्मला चौहान, डिल्लीराम खतिवडा, भेषबन्धु निरौला, राजन दाहाल, गणेश खत्री, रोशन घिमिरे, राधिका काफ्ले, गोपाल भण्डारी, नितम चौहान, नुतन राई, राजकुमार श्रेष्ठ, दशरथ यादव, शंकर थपलिया, देवी सिटौला, विनिता दहाल र चन्द्र कार्कीलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

 

रूपेन्द्र शेर्मा
+ posts

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार